शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

महिला मात्रै उपभोक्ता समितिको अध्यक्ष बन्न पाउने पाटन नगरपालिकाको निर्णय

बिहीबार, २६ साउन २०७९, ०९ : ३१
बिहीबार, २६ साउन २०७९

बैतडीको पाटन नगरपालिकाले नगरभित्र सञ्चालन हुने योजनाका उपभोक्ता समिति अध्यक्षमा महिला अनिवार्य हुनुपर्ने निर्णय गरेको छ । 

नगर कार्यपालिकाको बैठकले उपभोक्ता समितिको प्रमुख पदमा महिला अनिवार्य हुनुपर्ने निर्णय गरेको उपमेयर कमलसिंह बोहराले बताए । नगर कार्यपालिकाको पहिलो बैठकले उक्त निर्णय गरेको उनको भनाइ छ । 

‘योजनाको अधिकतम लाभग्राही महिला नै हुन्छन् । खानेपानी, बाटो, बर्थिंग सेन्टर जे बनाए पनि त्यसको बढी प्रयोगकर्ता महिला नै हुन्छन् । त्यसैले निर्माणको जिम्मेवारी समेत उनीहरूलाई दिँदा काम भरपर्दो हुन्छ । यसका साथै महिला इमान्दारीताका साथ काम गर्छन्,’ उनले भने ।

उपभोक्ता समिती गठनका क्रममा आफूहरू फिल्डमै उपस्थित भई महिलालाई अध्यक्ष बनाउन पहल गर्ने बोहराले बताए । नगरपालिका भित्र संचालन गरिने हरेक आयोजनाको काम प्रभावकारी ढंगले सम्पन्न गर्न पहल गर्ने उनले बताए ।

चैत मसान्त मसान्तभित्र सबै योजनाको काम सम्पन्न गरिसक्ने र काममा ढिलासुस्ती गर्ने उपभोक्ता समितिलाई भुक्तानी नदिने समेत उनले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप