शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

सिजी ल्यान्डमार्कको तेस्रो वार्षिकोत्सवको अवसरमा ग्राहकलाई आकर्षक छुट

बिहीबार, २६ साउन २०७९, १० : १५
बिहीबार, २६ साउन २०७९

चितवनको भरतपुरमा अवस्थित व्यापारिक कम्प्लेक्स सिजी ल्यान्डमार्कले तेस्रो वार्षिकोत्सवको अवसरमा ग्राहकलाई आकर्षक छुटको व्यवस्था गरेको छ । ल्यान्डमार्कले यही साउन २७, २८ र २९ गते तीन दिनसम्म विभिन्न मनोरञ्जनात्मक कार्यक्रम आयोजना गरेर वार्षिकोत्सव मनाउने तयारी गरेको छ  भने सोही अवसरमा छुट पनि प्रदान गर्न लागिएको हो ।  

जसअनुसार मनसुन फेस्टिभ अफर पनि सार्वजनिक गरिएको छ । अफरअन्तर्गत मलमा सञ्चालित विभिन्न सामानका आउटलेटहरुले आकर्षक छुट दिनेछन् । यस्तै वार्षिकोत्सवको अवसरमा सिजी ल्यान्डमार्कमा ग्राहक र आगन्तुकले गेम, डान्स, मेहेन्दी, लाइभ म्युजिक, फुडलगायतको मज्जा लिन पाउने प्रमुख कार्यकारी अधिकृत (सीईओ) उज्वल केसीले जानकारी दिए । 

 केसीका अनुसार सिजी ल्यान्डमार्क चितवनमा विश्वविख्यात ब्रान्डका सामान एकै ठाउँमा पाइने गन्तव्य हो । यहाँ सुविधासम्पन्न होटल, रेस्टुरेन्ट, सिनेमा हल, सपिङ सेन्टर, सभा हललगायतका सुविधा उपलब्ध छन् । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप