आठराई गाउँपालिकाले अघि सार्यो युवा लक्षित कार्यक्रम
तेह्रथुम जिल्लाको आठराई गाउँपालिकाले युवा लक्षित कार्यक्रमलाई अघि सारेको छ । रोजगारको खोजीमा भौतारिरहेका युवा तथा लगानी अभावमा व्यवसाय सञ्चालन गर्न नसकेका युवालाई व्यवसायिक बनाउन युवा लक्षित कार्यक्रम अघि सारेको गाउँपालिकाले जनाएको छ ।
गाउँपालिकाले आर्थिक वर्ष ०७९/८० मा युवा लक्षित कार्यक्रमलाई पहिलो प्राथमिकतामा राखेको छ । युवालाई गाउँमै रोजगार बनाउने उद्देश्यका साथ युवा लक्षित कार्यक्रम गाउँपालिकाले ल्याएको हो । गाउँपालिकामा रहेको युवालाई लगानी नै गर्ने गरी कार्यक्रम ल्याएको गाउँपालिका अध्यक्ष दिलकुमार पाहिमले बताए ।
गाउँपालिकामा रहेको युवाहरुलाई बिनाधितो बिना ब्याज व्यावसायिक लगानी गने नीति ल्याएको छ । अध्यक्ष पाहिमका अनुसार गाउँपालिकाले लगानी गरेको रकम लगानी भएको तीन वर्षमा ३० प्रतिशत, ४ चार वर्षमा ३० प्रतिशत र पाँचौं वर्षमा ४० प्रतिशतका दरले फिर्ता गर्नुपर्नेछ ।
'व्यावसायिक रूपमा फर्म दर्ता गरी १० जनाको समूह बनाएर गाउँपालिकामा माग गरेको खण्डमा प्रत्येक वडामा हरेक वर्ष एउटा समूहलाई १० लाख रुपैयाँ लगानी गर्छौं,' उनले भने ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राहतको प्रतीक्षामा महोत्तरीका अग्निपीडित
-
कतारको चाहना ‘डोमेस्टिक वर्कर’, नेपालको चाहना ‘श्रम समझदारी रिभ्यू’
-
बागमतीको समृद्धि : उत्पादन र रोजगारीमा वृद्धि
-
उपनिर्वाचनमा आजदेखि प्रचारप्रसार गर्न नपाइने
-
आज यी चार प्रदेशमा चट्याङ्गसहित हल्का वर्षा, लुम्बिनी प्रदेशमा हावाहुरीको सम्भावना
-
यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर