बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

सिन्धु बैंकको संस्थापक शेयर सर्वसाधारणलाई बिक्री खुला

बिहीबार, २६ साउन २०७९, १० : ३१
बिहीबार, २६ साउन २०७९

सिन्धु विकास बैंक लिमिटेडले संस्थापक शेयर सर्वसाधारणलाई बिक्री खुला गरेको छ । कम्पनीले संस्थाका केही संस्थापक शेयरधनीको नाममा  रहेको संस्थापक शेयर सर्वसाधारणका लागि आजबाट बिक्री खुला गरेको हो । 

बैंकका अनुसार संस्थापक शेयरमा इच्छुक जो कोही व्यक्ति, संघ संस्थाले सूचना प्रकाशित भएको अर्थात् साउन २६ गतेबाट ३५ दिनभित्र बैंकको कर्पोरेट कार्यालय बनेपामा निवेदन दिन सक्नेछन् ।

उक्त समयमा पनि हाल कायम संस्थापक शेयरधनीको कुनै निवेदन प्राप्त नभएमा कानुन बमोजिम अन्य व्यक्तिलाई बिक्रीका लागि प्रक्रिया अघि बढाइने सो बैंकले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप