बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

सुटिङको क्रममा तब्बु घाइते

बिहीबार, २६ साउन २०७९, १३ : ०४
बिहीबार, २६ साउन २०७९

बलिउड अभिनेत्री तब्बु बुधबार आफ्नो आगामी चलचित्र भोलाको सुटिङको क्रममा घाइते भएकी छन् । भोलामा तब्बुले उच्च प्रहरी अफिसरको भूमिका निर्वाह गरेकी छिन् । मिडिया रिपोर्टका अनुसार एउटा दृश्यमा एक्सन गर्दा उनलाई चोट लागेको हो ।

रिपोर्टका अनुसार तब्बु हैदरावादको भोलाको एक दृश्यका लागि जङ्गलमा ट्रक चलाइरहेकी थिइन् । मोटरसाइकलमा केही गुण्डाहरू उनको पछि लागिरहेका हुन्छन् । सो क्रममा ट्रकसँग मोटरसाइकल ठोक्किएको थियो । टक्करपछि सिसा फुट्दा त्यसको टुक्रा तब्बुको आँखामा परेको थियो । फिल्मको सेटमा उपस्थित स्वास्थ्यकर्मीले चोट धेरै गम्भीर नभएको बताएका छन् ।

तब्बुलाई चोट लागेपछि फिल्मका निर्देशक अजय देवगनले भोलाको सेटबाट उनलाई डिस्चार्ज गरेका छन् । अजयको फिल्ममा तब्बु प्रहरी अफिसरको भूमिकामा देखिने यो पहिलो पटक भने होइन । यसअघि उनी ‘दृश्यम’ मा पनि उनी प्रहरी अधिकारीको भूमिकामा देखिएकी थिइन् । भोला साउथको फिल्म कैथीको हिन्दी रिमेक हो ।

शिल्पा पनि घाइते

हालै अभिनेत्री शिल्पा शेट्टी पनि आफ्नो आगामी वेब शो इन्डियन पुलिस फोर्सको सुटिङका ​​क्रममा घाइते भएकी थिइन् । एक एक्सन दृश्यको सुटिङका ​​क्रममा उनको खुट्टा भाँचिएको थियो । यसको जानकारी शिल्पा आफ्नो सामाजिक सञ्जाल अकाउन्टबाट दिएकी हुन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप