शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

रिचेत जलविद्युत कम्पनीको बिक्री प्रबन्धकमा एनआईबिएल एस क्यापिटल नियुक्त​

बिहीबार, २६ साउन २०७९, १४ : ३०
बिहीबार, २६ साउन २०७९

रिचेत जलविद्युत कम्पनी लिमिटेडको सार्वजनिक निष्काशन गर्न एनआईबिएल एस क्यापिटल लिमिटेडलाई बिक्री प्रबन्धकको रुपमा नियुक्त गरिएको छ ।  कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा सर्वसाधारणका लागि १,१२,२२३.५७ कित्ता साधारण शेयरहरुको सार्वजनिक निष्काशन गर्ने निर्णय गरेको छ ।

उक्त सम्झौतापत्रमा बुधबार रिचेतका अध्यक्ष अर्जुनप्रसाद पौडेल र सचिव शिशिर खनाल तथा एनआईबीएलका नायव प्रबन्धक सचिन्द्र ढुंगाना र मर्चेन्ट प्रमुख रोश्ना मानन्धरले हस्ताक्षर गरे । 

कम्पनी ऐन, २०६३ अन्तर्गत वि.सं. २०७० सालमा स्थापना भएको रिचेत जलविद्युत कम्पनी लिमिटेडको प्रमुख कार्यालय ललितपुर– १५, महालक्ष्मीस्थानमा अवस्थित छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप