माइतीघरमा मिटरब्याज पीडितको धर्ना, सिंहदरबारलाई छैन सुर्ता (फोटोफिचर)
साउनको टन्टलापुर घाम । तर पनि घामको परवाह नगरी सडकमा आफ्ना माग घन्काइरहेका छन् आन्दोलनकारी । उनीहरु हुन्, मिटरब्याजीबाट प्रताडितहरु । नवलपरासीदेखि आएर माइतीघरमा धर्ना दिइरहेका मिटरब्याज पीडित पशुपतिमा अस्थायी टहरामा बसिरहेका छन् । र, त्यहीँबाट दैनिक हिँडेर माइतीघरमा आएर धर्ना दिइरहेका छन् । जुन क्रम दुई सातायता चलिरहेको छ ।
अघिल्लो पटक मिटरब्याजीलाई कारबाही गर्ने सरकारको आश्वासन पाएपछि फर्किएका उनीहरु माग पुरा नभएको भन्दै फेरि काठमाडौं आएका हुन् । उनीहरु काठमाडौं आएर धर्ना दिन थालेको करिब २ हप्ता हुन लागिसक्यो तर केही मिटर पर रहेको सिंहदरबारले भने उनीहरुको माग सम्बोधन गरेको छैन ।
साहु महाजनको नाम नै किटेर उजुरी दिँदा र धर्ना बस्दा पनि सरकारबाट उनीहरुले अहिलेसम्म आश्वासन बाहेक केही पाएका छैनन् । आफ्नो सर्वस्व बेच्दा पनि साहुको ऋण तिर्न नसक्ने र ब्याजमाथि ब्याज थपिँदै गएपछि उनीहरु काठमाडौं आएर हारगुहार गरिरहेका छन् ।













खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राजस्व अनुसन्धान विभागको तत्कालीन महानिर्देशक अधिकारीको मुद्दामा तोकियो पेसी
-
ट्रम्पको नेतान्याहुलाई चेतावनी, ‘होस गर्नुहोस्, नत्र चाँडै एक्लै लड्नुपर्ने अवस्था आउन सक्छ’
-
प्रकृति, संस्कृति र धार्मिक आस्थाको सङ्गम श्रीमञ्ज्याङ लामागाउँ
-
नाइटक्लब काण्डले सङ्कटमा बेन स्टोक्सको कप्तानी
-
उखान–टुक्का बिना चल्ने सरकार
-
पोल चढेर टेलिकमको तार चोर्दै गर्दा दुई जना पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण