शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

एनएसएलको विषय अघि सार्न समिति गठन

बिहीबार, २६ साउन २०७९, १५ : २५
बिहीबार, २६ साउन २०७९

फ्रेन्चाइज फुटबल नेपाल सुपर लिग (एनएसएल) को बारेमा निर्णय गर्न अखिल नेपाल फुटबल संघ (एन्फा) ले अध्यक्ष पंकज नेम्वाङको संयोजकत्वमा कमिटि गठन भएको छ । जारी एन्फाको दोस्रो कार्यसमिति बैठकले नेम्वाङको संयोजकत्वमा गरेको हो ।

कमिटीको सदस्यमा एन्फा उपाध्यक्ष दिपक खतिवडा, कुमार केसी र सदस्य टिका लामा, मनिराज विष्ट, रविन्द्र चन्द र पुरुषोत्तम थापा छन् । ‘एनएसएलको कुरा अघि बढाउन समिति गठन भएको छ । एनएसएल हुने नहुने विषय यसै समितिको भरमा छ,’ बैठकमा सहभागि एक सदस्यले रातोपाटीलाई भने ।

पूर्व अध्यक्ष कर्मा छिरिङ शेर्पा कार्यसमितिले एनएसएल आयोजक नेपाल स्पोर्टस म्यानेजमेन्ट एण्ड इभेन्ट कम्पनीलाई भदौ २५ देखि कात्तिक ५ गतेसम्म प्रतियोगिता गर्न स्वीकृत दिएको थियो । नयाँ कार्यसमितिले उक्त निर्णयलाई थाति राखेको थियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप