शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

असोज २३ गतेदेखि एनएसएल आयोजना गर्न दिने एन्फाको निर्णय

बिहीबार, २६ साउन २०७९, १५ : ४३
बिहीबार, २६ साउन २०७९

नेपाल सुपर लिग (एनएसएल) आयोजना गर्न एन्फाले मिति तय गरेको छ । बुधबार बसेको एन्फा कार्यसमिति बैठकले असोज २३ देखि मङ्सिर २ गतेसम्म एनएसएल आयोजनाका लागि मिति तय गरेको हो । 

एनएसएल गर्ने नगर्ने विषयमा अध्यक्ष पंकज विक्रम नेम्वाङको संयोजकत्वमा समिति तयार पारेको थियो । तर, छलफलका क्रममा नै एनएसएलका लागि मिति तय भएको हो । ‘समिति गठन भएको हो । तर, छलफलका क्रममा निर्णय भएपछि असोज २३ का लागि मिति दिएको हो,’ बैठकमा सहभागी एक सदस्यले रातोपाटीलाई भने ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप