चोरीको मोटरसाइकलसहित युवक पक्राउ
बिहीबार, २६ साउन २०७९, १५ : ५०
रौतहट प्रहरीले चोरीको मोटरसाइकलसहित एक युवक पक्राउ गरेको छ। पक्राउ पर्नेमा बौधीमाई नगरपालिका ३ का २१ वर्षका चन्दन पटेल रहेको प्रहरीले जनाएको छ ।
इलाका प्रहरी कार्यालय कोपवा पिपरीयाको टोलीले विशेष सूचनाको आधारमा गत २४ गते पटेलले चलाउँदै गरेको बा.७४ प ५५२५ नम्बरको २२० सी.सी.को पल्सर मोटरसाइकलसहित नियन्त्रणमा लिएको थियो । पटेलमाथि चोरी कसुरअन्तर्गत मुद्दा दर्ता गरी जिल्ला अदालतबाट म्याद थमाई थप अनुसन्धान भइरहेको रौतहट प्रहरी प्रमुख एसपी वीरबहादुर बुढा मगरले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
महोत्तरीको मटिहानीमा ६ घण्टापछि आगो नियन्त्रणमा
-
हमासद्वारा इजरायली–अमेरिकी बन्धकको नयाँ भिडियो सार्वजनिक
-
लण्डनको सडकमा घोडाले मच्चायो आतङ्क, ४ जना घाइते
-
१० बजे, १० समाचार
-
अमेरिकी राष्ट्रपतिद्वारा युक्रेनलाई नयाँ सहायता प्रदान गर्ने विधेयकमा हस्ताक्षर
-
ऊर्जा क्षेत्रमा महिला लगानीकर्तालाई आकर्षित गर्नुपर्छ : मन्त्री चौधरी