बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

रिलायन्स लाइफ इन्स्योरेन्सको वार्षिक सम्मेलन सम्पन्न

बिहीबार, २६ साउन २०७९, १६ : ३३
बिहीबार, २६ साउन २०७९

रिलायन्स लाइफ इन्स्योरेन्स लिमिटेडले आफ्नो वार्षिक कार्यक्रम अन्तर्गत आयोजना हुने राष्ट्रिय सम्मेलन चितवनमा सम्पन्न गरेको छ । यसमा रिलायन्स लाइफ इन्स्योरेन्सका देशभरका क्षेत्रीय प्रमुख, एरिया प्रबन्धक, शाखा प्रबन्धकसहित कम्पनीको शीर्ष व्यवस्थापन टोलीको सहभागिता रहेको थियो । 

सम्मेलनमा विशेष गरी कम्पनीको आगामी १ वर्षभित्र गर्नुपर्ने कामहरू, कम्पनीको व्यापारिक धारणा, विभिन्न जिल्लाबाट आएका शाखा प्रमुख, क्षेत्रीय प्रमुख तथा एरिया प्रबन्धकहरूबाट आएका सुझाव र कम्पनीले आगामी दिनमा बीमाको दायरालाई फराकिलो बनाउँदै रिलायन्स लाइफ इन्स्योरेन्सको बजार बिस्तार कसरी अगाडि बढाउने भन्ने सम्बन्धमा छलफल एवं अन्तरक्रिया भएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप