क्युबाको तेल डिपोमा चट्याङका कारण सुरु भएको आगलागी ५ दिनपछि नियन्त्रणमा
अग्नि नियन्त्रकले क्युबाको इतिहासको सबैभन्दा खराब भनिएको आगजनीलाई पाँच दिनपछि नियन्त्रणमा लिएका छन् । आगजनीले क्युबाको झण्डै ४० प्रतिशत इन्धन भण्डारण नष्ट भएकोले धेरै स्थानमा विद्युत प्रसारण अवरुद्ध भएको छ ।
कच्चा तेल र इन्धन आयातको लागि प्रयोग हुने सबैभन्दा ठूलो क्युबाली बन्दरगाह मटान्जामा भण्डारण गरिने झण्डै १० ठूलो ट्याकंहरु यस मुलुकमा विद्युत उत्सर्जन गर्न प्रयोग हुने गरेको छ । क्युबाली गृह मन्त्रालय अन्तरगतको यातायात विभागका प्रमुख रोनाल्डो भेसिनोले मंगलबार सरकारी टिभीमा बोल्दै ‘अग्नि नियन्त्रकले आगजनीलाई नियन्त्रणमा लिएको’ बतायो ।
आगजनीले दसमध्ये चार ट्याङ्क नष्ट गरेको थियो । मंगलबार अग्नि नियन्त्रणको लागि अतिरिक्त हेलिकप्टरहरु, मेक्सिकोले पठाएको अग्नि नियन्त्रक डुंगा परिचालन गरिएको थियो । दिनको उत्तरार्द्धमा अग्निनियन्त्रकहरु पहिलोपटक विशाल अग्नि नियन्त्रण गर्ने उपकरणसहित भण्डारण क्षेत्रमै पुगेका थिए । उनीहरुले बाँकी उडिरहेको भागमा फिँज र पानी हालेका थिए ।
अधिकारीहरुले अहिलेसम्म आगजनीमा कति इन्धन नष्ट भयो भनेर खुलाएका छैनन् । उनीहरुले बिस्फोट र आगजनीले नजिकैको समुन्द्र तटलाई प्रदूषित बनाउन नपाएको बताएका छन् । तथापि बन्दरगाहबाट झण्डै १३० किमी पर राजधानीसम्म मानिसहरुलाई मास्कको प्रयोग गर्न निर्देशन दिइएको छ । साथै अब हुने वर्षा अम्लीय हुने भएकाले बाहिर पानीमा नरुज्न चेतावनी जारी गरिएको छ ।
शुक्रबार साँझ इन्धन भण्डारण गरिएको ट्याकंमा चट्याङ्ग पर्दा आगजनी भएको थियो । आइतबार आगो दोस्रो ट्याङ्कमा फैलिएको थियो । अग्नि नियन्त्रकहरूको ठूलो प्रयासका बावजुद सोमबार चारवटा इन्धन भण्डारण ट्याङ्क नष्ट भयो ।
अग्नि नियन्त्रणका लागि क्युबालाई मेक्सिको र भेनेजुलयाले सयभन्दा बढि अग्नि नियन्त्रक सहयोग पठाएका थिए । आगजनीमा हालसम्म एकजना अग्नि नियन्त्रक मारिएका छन् भने १४ जना हराइरहेका छन् । झण्डै १०० जना घाइते भएका छन्, जसमध्ये २२ अझै अस्पतालमा रहेको बताइन्छ । अस्पतालमा रहेकामध्ये पाँचको स्थिति गम्भिर रहेको बताइन्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपालले विश्व व्यापारमा अपेक्षित लाभ लिन सकेन : मन्त्री भण्डारी
-
चेम्बर सल्लाहकार परिषद्को अध्यक्षमा राजेशकाजी श्रेष्ठ चयन
-
तनहुँका २३ सामुदायिक वनमा आगलागी : सबै नियन्त्रणमा
-
सुदूरपश्चिममा रासायनिक मलको अभाव नहुने
-
कास्कीमा दुर्लभ वन्यजन्तुको मासुसहित एक जना पक्राउ
-
यातायात कार्यालयका कर्मचारीलाई घण्टैपिच्छे हाजिर गर्न दीपक मनाङेको निर्देशन