शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

नाडाले विद्युतीय सवारीको एक्सपो आयोजना गर्ने

बिहीबार, २६ साउन २०७९, १६ : ३८
बिहीबार, २६ साउन २०७९

नाडा अटोमोबाइल्स एशोसिएशन अफ नेपालले पहिलो पटक नाडा इभी एक्सपो २०२२ गने निर्णय गरेको छ । अध्यक्ष ध्रुव थापाको अध्यक्षतामा आज बसेको केन्द्रीय कार्य समितिको आठौँ बैठकले असोज ६ गतेदेखि ९ गतेसम्म काठमाडौँको भृकुटीमण्डप प्रदर्शनी हलमा एक्सपो आयोजना गर्ने निर्णय गरेको हो । 

सरकारले कार, जीप र भ्यानको आयातमा लगाएको प्रतिबन्ध २०७९ को भाद्र १४ गतेसम्मको लागि विस्तार गरे पछि नाडाले इभी एक्सपो २०२२ गर्ने निर्णय गरेको हो । नाडाले सन् १९९८ देखि नाडा अटो एक्सपो गर्दै आएको छ । यसका लागि भाद्र १ गते देखि ५ गतेसम्म स्टल बुकिङका लागि सूचना समेत प्रकाशित गरिने नाडा अटो एक्सपो समितिका सभापति अनुप बरालले जानकारी दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप