बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

झापामा थपिए करिब २५ हजार नयाँ मतदाता

बिहीबार, २६ साउन २०७९, १६ : ४८
बिहीबार, २६ साउन २०७९

जिल्ला निर्वाचन कार्यालय झापाका अनुसार आगामी मङ्सिर ४ गते सङ्घीय र प्रदेशको निर्वाचनमा ६ लाख तीन हजार ६ सय ५५ मतदाताले मतदान गर्ने भएका छन् । स्थानीय तहको निर्वाचनपछि थपिएका नयाँ मतदाता २४ हजार नौ सय ९२ सहित सो सङ्ख्याले मतदान गर्ने कार्यालयले जनाएको हो ।

नयाँ थपिएका मतदातामध्ये १२ हजार नौ पुरुष र १२ हजार आठ सय २३ महिला रहेका निर्वाचन कार्यालय झापाका सूचना अधिकारी प्रेमप्रकाश न्यौपानेले बताए ।

उनले हाल निर्वाचन आयोगमा निर्वाचन प्रक्रियाका लागि दल दर्ता गर्ने कार्य सुरु भएकाले आगामी भदौ १९ गतेपछि मात्र मतदाता अद्यावधिक गरी सङ्ख्या यकिन गरिने बताए । पन्ध्र पालिका रहेको जिल्लामा मतदानस्थल तथा मतदान केन्द्र पुनरावलोकन समितिले हालै दुई सय ८५ वटा मतदानस्थल निर्वाचन कार्यालयलाई सिफारिस गरेको छ ।

समितिले सिफारिस गरेकै स्थललाई आधार मानेर स्थल तय गरे पनि मतदान केन्द्र भने अद्यावधिक पछि आएको मतदाताको सङ्ख्यालाई आधार मानेर मात्र तय गरिने उनको भनाइ छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप