बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

१५ दिनभन्दा बढी सेयर कारोबार रोक्का नहुने, सेबोनले गर्‍यो यस्तो व्यवस्था

बिहीबार, २६ साउन २०७९, १७ : २४
बिहीबार, २६ साउन २०७९

अब मर्जर, प्राप्ति वा एक्वीजनमा जाने कम्पनीहरुको सेयर कारोबार १५ दिनभन्दा बढी रोक्का नहुने भएको छ । नेपाल धितोपत्र बोर्ड (सेबोन) ले सेयर कारोबार रोक्का सम्बन्धी नयाँ निर्देशिका जारी गर्दै यस्तो व्यवस्था गरेको हो । 

उक्त निर्देशिका अनुसार मर्जर, प्राप्ति वा एक्वीजनमा जाने कम्पनीहरुको सेयर कारोबार १५ दिन मात्रै रोक्का हुनेछ । संगठित संस्था एक आपसमा गाभ्ने, गाभिने तथा प्राप्ति सम्बन्धी निर्देशिका, २०७९ को प्रारम्भिक मस्यौदामा भनिएको छ, ‘कुनै कम्पनी वा संस्थाले एकीकृत व्यवसायिक कारोबार गर्ने मितिबाट गाभ्ने संस्था वा प्राप्ति गर्ने संस्था र गाभिने संस्था वा लक्षित संस्थाको सेयर मिलान, धितोपत्र पुनः दर्ता, धितोपत्रको अभौतिकिकरण तथा सूचिकरण लगायतका कार्यका लागि बढीमा १५ कार्य दिन सेयर कारोबार रोक्का राख्नुपर्नेछ ।’ 

तर, संगठित संस्थाको नाम परिवर्तन नहुने भएमा प्राप्ति गर्ने संस्थाको सेयर कारोबार रोक्का राख्नुनपर्ने समेत सोही निर्देशिकामा उल्लेख गरिएको छ । यसअघि गाभ्ने, गाभिने तथा प्राप्ति गर्ने कम्पनीको अन्तिम स्वीकृतिसँगै एकीकृत कारोबार सुरु नभएसम्म सेयर कारोबार रोक्का राख्नुपर्ने व्यवस्था रहेको थियो ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप