बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

राणाको ‘शैलुङ्गको चिसो चिसो बतास’ मा राजेश र वर्षाको रोमान्स

बिहीबार, २६ साउन २०७९, १७ : २६
बिहीबार, २६ साउन २०७९

समाजसेवी तथा उद्योगपति गायक विकास राणाको स्वरमा रहेको नयाँ गीत ‘शैलुङ्गको चिसो चिसो बतास’ सार्वजनिक भएको छ । सशीबिक्रम थापा र गणेश चौलागाईंको शब्द तथा संगीत रहेको गीतको संयोजन पनि संगीतकार थापाले नै गरेका हुन् । शैलुङ्गको सुन्दर प्रकृतिसँग सुन्दर युवतीको बर्णन गरिएको गीतको भिडियोमा राजेश हमाल र वर्षा शिवाकोटीको रोमान्स देख्न सकिन्छ । भिडियोमा दुबैको जोडी सुहाउँदो रहेको छ । 

भिडियोको निर्देशन नितिन चन्दले गरेका हुन् । सियोन श्रेष्ठको कोरियोग्राफी रहेको भिडियोको छायाँकन मनोज सुवेदीले गरेका हुन् । सौखिन तिमल्सिनाको सम्पादन गरेको भिडियो गायक राणाको आफ्नै च्यानलमार्फत सार्वजनिक गरेका हुन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप