३ महिनामा ३ हजार ६५२ आरोपी फरार
पछिल्लो ३ महिनाको अवधिमा देशभर साइबर अपराध बढेको छ । आर्थिक वर्ष २०७७–०७८ मा वैशाख, जेठ र असारमा भएका घटना तुलना गर्दा यसवर्ष सो अपराध बढेको प्रहरी प्रधान कार्यालयले जनाएको छ । बिहीबार पत्रकार सम्मेलन गरेर प्रहरी प्रवक्ता (डीआईजी) टेकप्रसाद राईले गत वैशाखको भन्दा २०७९ वैशाखमा साइबर अपराध १७५ प्रतिशतले बृद्धि भएको जानकारी दिए ।
जेठमा ३६ प्रतिशत र असारमा ५५ प्रतिशतले साइबर अपराध बढेको छ । २०७९ वैशाख यताको ३ महिनामा देशभर १३ हजार १२७ वटा मुद्दा दर्ता भएको छ । अपराधमा संलग्न ९ हजार ४७० जना पक्राउ परेका छन् । सो अवधिमा अपराधमा संलग्न ३ हजार ६५२ जना आरोपी फरार रहेको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।
अपराधमा संलग्नहरुको तथ्यांक इन्ट्री गर्ने प्रहरी युनिटहरू पनि बढेका छन् । देशभरका १३७ ठाउँबाट सीआरएस (क्राइम रेकर्ड सिस्टम) मा तथ्याङ्क इन्ट्री गर्न सकिने प्रहरी प्रधान कार्यालयले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘समुन्नत राष्ट्र निर्माण गर्न लोकतान्त्रिक प्रणाली सबैभन्दा उत्तम’
-
१२ वर्षमा एक हजार दुई सयको मिर्गौला प्रत्यारोपण
-
धनुषाबाट अपहरण गरेर भारत लैजाँदै गरेको अवस्थामा ५ जना पक्राउ
-
चीनमा देव गुरुङले भने– नेपालमा माओवादीकै विचारको वरिपरि राजनीति छ
-
निर्वाचनका कारण पूर्वी सिमानाका बन्द
-
सुदूरपश्चिममा मन्त्रिपरिषद् विस्तार अन्योलमा