मङ्गलबार, ०४ वैशाख २०८१
ताजा लोकप्रिय

अझै बजेट पेश गरेनन् ६३ वटा स्थानीय तहले

बिहीबार, २६ साउन २०७९, १८ : ००
बिहीबार, २६ साउन २०७९

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले अझै ६३ वटा स्थानीय तहले चालु आर्थिक वर्ष २०७९–८० को बजेट पेश नगरेको बताएको छ ।  मन्त्रालयका अनुसार कुल ७५३ स्थानीय तहमध्ये हालसम्म ६९० वटाले मात्र चालु आर्थिक वर्षको बजेट पेश गरेका छन् । 

हालसम्म बजेट पेश नगर्ने स्थानीय तहमा प्रदेश नं.१ का ३, मधेस प्रदेशका ३९, बागमती प्रदेशका ४, लुम्बिनी प्रदेशका १०, कर्णाली प्रदेशका ३ र सुदूरपश्चिम प्रदेशका ४ वटा रहेका छन् । 
गण्डकी प्रदेशका सबै स्थानीय तहले बजेट पेश गरिसकेको मन्त्रालयले जनाएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप