शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

धनुषा–२ मा नेकपा एकीकृत समाजवादीले बढायो सक्रियता

बिहीबार, २६ साउन २०७९, २० : ५२
बिहीबार, २६ साउन २०७९

आगामी मंसिर ४ गतेका लागि घोषित निर्वाचन केन्द्रित गतिविधिमा नेकपा एकीकृत समाजवादी पार्टीले सक्रियता बढाएको छ । सोही क्रममा धनुषाको क्षेत्र नम्बर २ मा सो पार्टीका नेता रामचन्द्र झाले विभिन्न कार्यक्रम घोषणा गरी राजनीतिक गतिविधि बढाएका छन् ।

पूर्वमन्त्री झाले एकीकृत समाजवादीको संगठन विस्तार तथा भेला आयोजनालाई तीव्रता दिन थालेका छन् । नेकपा एकीकृत समाजवादीको धनुषा जिल्ला कार्यसमिति बैठकबाट पालिकास्तरीय भेलाको कार्यतालिका सार्वजनिक समेत गरेको छ ।

जसअनुसार धनुषाको हंसपुर नगरपालिकामा साउन ३० गते, जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर १७ र १८ मा भदौ १ गते, औरही गाउँपालिकाको परवाहामा भदौ ६ गते भेला गर्ने कार्यतालिका सार्वजनिक गरिएको छ । यस्तै, जनक नन्दनी गाउँपालिकामा भदौ ७ गते, कमला नगरपालिकाको लक्कडमा ८ गते, शहिदनगर नगरपालिकामा १० गते, विदेह नगरपालिकाको तीनकौरिया चोकमा १२ गते भेला हुने एकीकृत समाजवादी धनुषाले जनाएको छ ।

एकीकृत समाजवादीको तर्फबाट धनुषाको क्षेत्र नम्बर २ मा नेता झाले गठबन्धनका तर्फबाट प्रतिनिधिसभा सदस्यमा उम्मेदवारी दिने आन्तरिक तयारी रहेको स्रोतको जनाइएको छ । यसैको तयारीस्वरुप पार्टीले भेला आयोजनालाई तीव्रता दिएको बताइएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप