बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

राज्यमन्त्री केसीको अध्यक्षतामा स्वस्थ्य बिमा समस्या समाधान कार्यदल गठन

बिहीबार, २६ साउन २०७९, २१ : २२
बिहीबार, २६ साउन २०७९

सरकारले स्वस्थ्य बीमा कार्यक्रमको अवस्था र चुनौती अध्ययनका लागि राज्यमन्त्री हिराचन्द्र केसीको अध्यक्षतामा चार सदस्य कार्यदल गठन गरेको छ । बिहिबार स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयमा बसेको बैठकले स्वास्थ्य बीमा कार्यक्रमको अवस्था र चुनौती विश्लेषण एवं समिक्षा गर्न समिति गठन गरिएको हो ।

समितिले स्वास्थ्य बीमाको विद्यमान समस्या समाधानका लागि तीन हप्ताभित्र पृष्ठपोषणसहितको प्रतिवेदन तयार पार्नुपर्ने स्वास्थ्य मन्त्री भवानी प्रसाद​ खापुङका प्रेस सल्लाहकार केदार गौतमले बताए । स्वास्थ्य बीमा समस्या समाधान कार्यदलको सदस्यमा प्रमुख विषेशज्ञ गुणराज लोहनी, बीमा बोर्डका सदस्य डा.सुरेश तिवारी, श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा सामाजिक सुरक्षा हेर्ने सहसचिव र सदस्य सचिवमा प्रमुख औषधि व्यवस्थापक नारायण ढकाल रहेका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप