शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

न्यायपरिषदमा तोडफोड गरेको आरोपमा नुरप्रसाद पक्राउ

बिहीबार, २६ साउन २०७९, २१ : ३०
बिहीबार, २६ साउन २०७९

गोरखा फुजेलका नुरप्रसाद अधिकारीलाई प्रहरीले पक्राउ गरेको छ । न्यायपरिषदको कार्यालयमा तोडफोड गरेको आरोपमा अधिकारीलाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ । 

आफुविरुद्ध पक्राउ पुर्जी जारी गर्ने ललितपुर जिल्ला अदालतका न्यायाधीशमाथि भ्रष्टाचारको आरोप लगाएर उजुरी दिन उनि न्यायपरिषदको कार्यालयमा पुगेका थिए । छलफलको क्रममा अधिकारीले कम्युटर, सिसा र ढोकाको प्लाइउड फुटाएका हुन् । 

अधिकारीलाई पक्राउ गरेर प्रहरी वृत्त सिंहदरबारमा राखिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एकजना अधिकृतले रातोपाटीलाई बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप