शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

बिहारका एक विधायकले भने– ‘म यादव हुँ, मलाई मन्त्री बनाइयोस् ’

बिहीबार, २६ साउन २०७९, २१ : ५२
बिहीबार, २६ साउन २०७९

भारतको बिहारका एकजना काँग्रेस विधायकले आफ्नो जातका कारण आफूले मन्त्री पद पाउनुपर्ने दाबी गरेका छन् ।  ‘महागठबन्धनबाट म काँग्रेस पार्टीको एकमात्र यादव जातिको (पिछडिएको) विधायक हुँ । मलाई मन्त्री बनाइयोस्,’ विधायक छत्रपति यादवले भिडियो सन्देश र पार्टी नेतालाई लेखेको चिठ्ठीमा भनेका छन् । 

विधायकले उनको माग उनको नाम सहितको लेटरप्याडमा सोनिया गान्धी र राहुल गान्धीलाई सम्बोधन गर्दै लेखेको पत्रमा राखेका छन् । त्यस्तै उनले एक भिडियो सन्देश पनि सार्वजनिक गरेर यही माग दोहोर्याएका छन् । छत्रपति यादव खगरिया सदरबाट विधायक हुन् ।

कँग्रेस नेताहरुलाई लेखेको पत्रमा यादवले लेखेका छन्, ‘महागठबन्धनबाट काँग्रेस पार्टीको म एक मात्र यादव जातिको (पछाडि वर्ग) विधायक हुँ । बिहारको नवगठित गठबन्धन सरकारमा यादव जातिलाई (पछाडि वर्ग) मन्त्रिपरिषदमा समावेश गर्न आवश्यक छ । अहिलेको राजनीति परिस्थितिमा जनहितको लागि यादव जातिलाई मन्त्रिपरिषद दिइयोस् । यसले काँग्रेस पार्टीसँग आवद्ध यादव जाति (पछाडि वर्ग समुदाय) को मनोबल बढाउँछ । म व्यक्तिगत रूपमा काँग्रेसको हितमा तपाईलाई आग्रह गर्दैछु ।’

उनले पत्रको अन्त्यमा एउटा नोट पनि लेखेका छन् । त्यसमा उनी स्वर्गीय राजेन्द्रप्रसाद यादवका छोरा जो विन्देश्वरी दुबे, भागवत झा आजाद र डा. जगन्नाथ मिश्र मुख्यमन्त्री रहँदा मन्त्री रहेको अवगत गराइएको छ । 

भिडियोमार्फत सार्वजनिक गरे आफ्नो माग 

आफ्नो मागबारे छत्रपति यादवले एक भिडियो पनि बनाएका छन्, जसमा उनले अहिले बिहारमा महागठबन्धनको सरकार बन्न लागेको र यसमा काँग्रेस पनि संलग्न भएकोबाट कुरा सुरु गरेका छन् ।  ‘काँग्रेसका १९ जना विधायकमध्ये पिछडिएको यादव जातिबाट खगरिया विधानसभाको एक मात्र विधायक म हुँ । म चाहन्छु कि काँग्रेसले पार्टीको स्वाभिमान र राजनीतिको लागि हामीलाई मन्त्रिपरिषदमा स्थान दिइयोस्,’ यादवले भिडियोमा भनेका छन् । 

छत्रपतिको पत्रको उनको निर्वाचन क्षेत्रमा विरोध भइरहेको छ । विशेषतः प्रतिस्पर्धी भाजपाले छत्रपति यादवको बयानको निन्दा गरेको छ ।  पार्टीका जिल्ला प्रवक्ता नितिशकुमारले काँग्रेसले जातियवादको राजनीति गरेको आरोप लगाउँदै भने, ‘काँग्रेस अझै जातीय मानसिकताभन्दा माथि उठ्न सकेको छैन, भाजपाले जातपातभन्दा माथि उठेर विकासको कुरा गर्छ । त्यसैले अब काँग्रेस मुक्त बिहार हुँदैछ ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप