सिट बाँडफाँटबारे सत्ता गठबन्धनभित्र नीतिगत समझदारी !
नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुनले सत्ता गठबन्धनभित्र सिट बाँडफाँटका लागि नीतिगत समझदारी भएको बताएका छन् । सत्ता गठबन्धनले सिट बाटफाँटका लागि मापदण्ड तयार गर्न बनाएको कार्यदलका सदस्य समेत रहेका उनले बिहीबारको कार्यदल बैठक सौहार्दपूर्ण र सकारात्मक रहेको बताए । उनले हाल गठबन्धन दलका सदनमा रहेको संख्या ,२०७९ को जनमत, पार्टीको संवेदनशीलता आदिलाई ध्यानमा राखी तालमेल गर्ने नीतिगत समझदारी भएको बताए ।
‘कार्यदलको बैठक सौहार्दपूर्ण र सकारात्मक रह्यो’, बैठकपछि उनले सामाजिक सञ्जालमार्फत भनेका छन्, ‘हाल गठबन्धन दलका सदनमा रहेको संख्या ,२०७९ को जनमत,पार्टीको संवेदनशीलता आदिलाई ध्यानमा राखी तालमेल गर्ने नीतिगत समझदारी भएको छ ।’
यस्तै कार्यदलका अर्का सदस्य देव गुरुङले पनि बालुवाटारको छलफल सकारात्मक भएको बताए । उनले भने, ‘ सिट बाँडफाँटको सहमतिका लागि मोडालिटी बनाउनेबारे आज छलफल भएको छ । छलफल सकारात्मक भएको छ ।’ कार्यदलमा आज छलफल भएको विषयमा पाँच दलले आ आफ्नो पार्टीभित्र पनि छलफल गर्ने बताए ।
मंसिर ४ को चुनावका लागि सिट बाँटफाँटको मोडालिटी तय गर्न बनेको कार्यदलमा आजसहित दुई पटक छलफल भइसकेको छ । अर्को बैठक साउन ३० गते बस्नेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
घट्यो सुनचाँदीको मूल्य, कतिमा हुँदै छ कारोबार ?
-
१६ औँ पञ्चवर्षीय योजना सनातनी र परम्परागत भयो: उपप्रधानमन्त्री यादव
-
शिव र मनिलालाई छिन्नलता पुरस्कार
-
शिक्षा मन्त्रालयले माग्यो निर्वाचन आयोगसँग दलका कार्यसमितिको विवरण
-
‘विदेश उत्तम, स्वदेश खत्तम’ भन्ने बुझाई गलत छ : अशोक राई
-
अब मोबाइल एप मोबैंकबाट सजिलै भवन निर्माण इजाजत शुल्क तिर्न सकिने