बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

चुनावी घोषणापत्र लेख्न ओलीको नेतृत्वमा ८ जनाको कमिटी

बिहीबार, २६ साउन २०७९, २२ : ०९
बिहीबार, २६ साउन २०७९

नेकपा एमालेले चुनावी घोषणापत्र लेख्न अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा ८ जनाको कमिटी बनाएको छ ।  बिहीबार बसेको सचिवालय बैठकले अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा आठ सदस्यीय निर्वाचन घोषणापत्र मस्यौदा कमिटी गठन गरेको हो । 

कमिटीमा वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्षहरू अष्टलक्ष्मी शाक्य, रामबहादुर थापा, विष्णु पौडेल, महासचिव शंकर पोखरेल, उपमहासचिवद्वय प्रदीप ज्ञवाली र विष्णु रिमाल रहेको उपमहासचिव पृथ्वीसुब्बा गुरुङले जानकारी दिए । 

बैठकले पार्टी स्थायी कमिटीको बैठक भदौ ७ गते, पोलिटब्युरो बैठक भदौ ९ गते र केन्द्रीय कमिटी बैठक भदौ १० र ११ गते काठमाडौँमा बस्ने निर्णय पनि गरेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप