शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

एमालेले नवप्रवेशीलाई बनायो केन्द्रीय सदस्य (नामावलीसहित)

बिहीबार, २६ साउन २०७९, २२ : १४
बिहीबार, २६ साउन २०७९

नेकपा एमालेले विभिन्न पार्टीबाट आफ्नो पार्टीमा आएकाहरुलाई केन्द्रीय सदस्य बनाएको छ । एमालेले केन्द्रीय कमिटीमा जीवन गौतम (दाङ), बृजेशकुमार गुप्ता (कपिलवस्तु) लाई केन्द्रीय सदस्यमा मनोनयन गरेको हो ।

गौतम केहीअघि माओवादीबाट एमालेमा प्रवेश गरेका थिए भने गुप्ता जसपाबाट एमालेमा प्रवेश गरेका थिए । गुप्ता हृदयेश त्रिपाठी समूह छाडेर एमालेमा प्रवेश गरेका थिए । यस्तै  धर्मदत्त देवकोटा (बारा), र अमृत राजवंशी (झापा) लाई पनि एमालेले केन्द्रीय सदस्य बनाएको छ ।  त्यसैगरी, नवराज पौडेल (बाग्लुङ) लाई सल्लाहकार परिषद् सदस्यमा मनोनयन गरिएको गुरुङले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप