शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

एमालेद्वारा केन्द्रीय सदस्यको जिम्मेवारी हेरफेर

बिहीबार, २६ साउन २०७९, २२ : १७
बिहीबार, २६ साउन २०७९

एमाले सचिवालय बैठकले केही केन्द्रीय सदस्यहरुको जिम्मेवारी हेरफेर गरेको छ । बिहीबारको निर्णयानुसार रामदयाल मण्डललाई मधेस प्रदेशको सहइन्चार्ज बनाइएको हाे ।  

यस्तै सरोज यादवलाई महोत्तरी जिल्ला, प्रमोदनारायण यादवलाई धनुषा जिल्ला सहइन्चार्ज, भीम कार्कीलाई भूमि व्यवस्था विभागको उपप्रमुख  र कृष्ण थापालाई कास्की जिल्ला इन्चार्जको जिम्मेवारी दिइएको एमालेले जनाएको छ । 

बैठकले तीनवटा केन्द्रीय विभाग पनि गठन गरेको छ । जसअनुसार, भौतिक पूर्वाधार तथा यातायात व्यवस्था विभाग, शहरी विकास विभाग र भूमि व्यवस्था विभाग रहेका छन् ।
 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप