सिट बाँडफाँटबारे सत्ता गठबन्धनभित्र नीतिगत समझदारी !
नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुनले सत्ता गठबन्धनभित्र सिट बाँडफाँटका लागि नीतिगत समझदारी भएको बताएका छन् । सत्ता गठबन्धनले सिट बाँडफाँटका लागि मापदण्ड तयार गर्न बनाएको कार्यदलका सदस्य समेत रहेका उनले बिहीबारको कार्यदल बैठक सौहार्दपूर्ण र सकारात्मक रहेको बताए । उनले हाल गठबन्धन दलका सदनमा रहेको संख्या ,२०७९ को जनमत, पार्टीको संवेदनशीलता आदिलाई ध्यानमा राखी सिट तालमेल गर्ने नीतिगत समझदारी भएको बताए ।
‘कार्यदलको बैठक सौहार्दपूर्ण र सकारात्मक रह्यो’, बैठकपछि उनले सामाजिक सञ्जालमार्फत भनेका छन्, ‘हाल गठबन्धन दलका सदनमा रहेको संख्या ,२०७९ को जनमत,पार्टीको संवेदनशीलता आदिलाई ध्यानमा राखी सिट तालमेल गर्ने नीतिगत समझदारी भएको छ ।’
यस्तै कार्यदलका अर्का सदस्य देव गुरुङले पनि सकारात्मक छलफल भएको बताए । उनले भने, ‘ सिट बाँडफाँटको सहमतिका लागि मोडालिटी बनाउनेबारे आज छलफल भएको छ । छलफल सकारात्मक भएको छ ।’ कार्यदलमा आज छलफल भएको विषयमा पाँच दलले आ आफ्नो पार्टीभित्र पनि छलफल गर्ने बताए ।
मंसिर ४ को चुनावका लागि सिट बाँडफाँटको मोडालिटी तय गर्न बनेको कार्यदलमा यसबारे छलफल सुरु भएको छ । अर्को बैठक साउन ३० गते बस्नेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘समुन्नत राष्ट्र निर्माण गर्न लोकतान्त्रिक प्रणाली सबैभन्दा उत्तम’
-
१२ वर्षमा एक हजार दुई सयको मिर्गौला प्रत्यारोपण
-
धनुषाबाट अपहरण गरेर भारत लैजाँदै गरेको अवस्थामा ५ जना पक्राउ
-
चीनमा देव गुरुङले भने– नेपालमा माओवादीकै विचारको वरिपरि राजनीति छ
-
निर्वाचनका कारण पूर्वी सिमानाका बन्द
-
सुदूरपश्चिममा मन्त्रिपरिषद् विस्तार अन्योलमा