झापामा डुबेर दुई बालबालिकाको मृत्यु
शुक्रबार, २७ साउन २०७९, ०६ : ४७
झापाको शिवसताक्षी नगरपालिका–९ स्थित कन्काई नहरमा पौडी खेल्न गएका दुई बालबालिकाको बिहीबार डुबेर मृत्यु भएको छ । शिवसताक्षी–९ आइतबारेकी ११ वर्षीया एञ्जिला सुनदास र सोही ठाउँका १२ वर्षीय सिकुम राईको डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता वसन्त पाठकले जानकारी दिए ।
बिहीबार बेलुका पौडी खेल्न घरबाट हिँडेका उनीहरु अबेरसमम नफर्किएपछि परिवारले खोजी सुरु गरेका थिए । सो क्रममा शिवसताक्षी–९ स्थित कन्काई सिँचाइ नहरको डिलमा उनीहरुले लगाएको कपडा र चप्पल फेला परेको थियो । इलाका प्रहरी कार्यालय झिलझिले, अस्थायी प्रहरी पोस्ट माइधार र स्थानीयवासीले खोजी गर्ने क्रममा गए राति शिवसताक्षी–७ सताक्षी खोलामा दुवै जना डुबेको अवस्थामा फेला परेको प्रवक्ता थापाले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रथम नेशनल हर्टिकल्चर एक्स्पो सुरु
-
एसईईको प्रश्नपत्र आउट भएको घटनामा एक विद्यार्थी पक्राउ
-
हावाबाट हजारौँ क्षेत्रफलसम्म फैलने ‘टीटीकेटीटी’ रोग : गहुँ बालीलाई कसरी जोगाउने ?
-
आईपीएलमा आज : नौ वर्षपछि घरेलु मैदानमा कोलकातालाई हराउने धुनमा बैंगलुरु
-
घान्द्रुकमा पर्यटन महोत्सव हुने, घोडा दौडाउने प्रतियोगिता
-
आगामी आर्थिक वर्षको कर नीतिका लागि सुझाव माग