बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

बटुक स्नानसँगै पशुपतिमा रक्षाबन्धन, तस्बिरमा हेर्नुहोस्

शुक्रबार, २७ साउन २०७९, १० : ५८
शुक्रबार, २७ साउन २०७९

स्रावण शुक्ल पूणिर्माका दिनमा मनाइने रक्षाबन्धन एवम् जनैपूर्णिमाका लागि पशुपतिको वेद वृद्धाश्रममा रहेका बटुकहरुले बिहानै स्नान गरेर पूजापाठसहित ब्रत सुरु गरे । आजकै दिन तागाधारीले आफ्नो जनै अर्थात् यज्ञोपवीत फेर्ने परम्परासमेत छ । यसका लागि अघिल्लो दिनदेखि केशमुण्डन गरी एक छाक मात्र खाएर चोखोनीतो गरी बस्ने गरिन्छ ।

 यसरी व्रत बसेका तागाधारीले आज बिहानै पोखरी, ताल, तलाउ, नदी र कुण्डमा गई गाईको गोबर, खरानी, दतिवन र सप्तमृत्तिका लगाएर स्नान गर्छन् । स्नानपछि जौतिल र कुशद्वारा ऋषिलाई तर्पण गरी वैदिक रुद्राभिषेक पद्धतिबाट मन्त्रिएको नयाँ जनै फेरिन्छ । यसरी जनै फेर्ने गरिएकाले नै आजको दिनलाई जनैपूणिर्मासमेत भनिन्छ ।
बटुकहरुको तस्बिर हेर्नुहोस्ः

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सुवास श्रेष्ठ
सुवास श्रेष्ठ

सुवास श्रेष्ठ रातोपाटीका फोटो पत्रकार हुन् ।

लेखकबाट थप