शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

७ सय रुपैयाँले बढ्यो सुनको मूल्य, चाँदीको कति ?

शुक्रबार, २७ साउन २०७९, ११ : ०७
शुक्रबार, २७ साउन २०७९

शुक्रबार स्थानीय बजारमा सुनको मूल्य तोलामा ७ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन तोलामा ७ सय रुपैयाँले बढ्दै ९७ हजार ३ सय रुपैयाँ पुगेको हो ।
यस्तै, आज तेजाबी सुनको मूल्य पनि तोलामा ७ सय रुपैयाँले नै बढ्दै ९६ हजार ८ सय रुपैयाँ कायम भएको छ । 
यता चाँदीको मूल्य भने अघिल्लो दिनको मूल्य नै कायम हुँदै प्रतितोला एक हजार २२५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप