शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

शिक्षकको छोरीसँग प्रेम गर्ने कुटिए

शिक्षकसहित दुईजना पक्राउ
शुक्रबार, २७ साउन २०७९, ११ : २७
शुक्रबार, २७ साउन २०७९

दाङको राजपुर गाउँपालिकास्थित जनज्योति मावि मटेरियामा पढ्छन्, मान्सराम यादव । उनीसँगै ११ कक्षामा पढ्छिन् शिक्षक पाटेश्वर यादवकी छेरी समिक्षा (नाम परिवर्तन) । १९ वर्षीय मान्सराम र समीक्षा प्रेममा थिए । साउन २१ मा राति ९ बजेतिर समीक्षाले फोन गरेर मान्सरामलाई बोलाइन् । राजपुर–३ स्थित बोलामा प्रेमिकाको घर नजिक उनी साइकल चढेर गए । मान्सरामको घरचाहिँ राजपुर गाउँपालिका–३ स्थित खरदरियामा पर्छ ।

प्रेमिकाले बोलाएर गएका मान्सरामलाई ३–४ जना मिलेर कुट्न थाले । उनी एक्लै थिए, प्रतिकार गर्नै सकेनन् । पाटेश्वर यादव र उनका दाइ धीरबहादुर यादवसहितको समूहले कुटपिट गरेको अनुसन्धानबाट थाहा भएको दाङका एसपी सुरेश काफ्लेले रातोपाटीलाई बताए । पाटेश्वर जनज्योति माविका शिक्षक हुन् ।

मरणासन्न हुनेगरी कुटपिट गरेपछि पाटेश्वरले ‘चोरी गर्न राति गाउँमा आएको’ कागज गराएर मान्सरामलाई फिर्ता पठाएका थिए । प्रहरीले पाटेश्वर र धीरबहादुरलाई पक्राउ गरेको छ । मरणासन्न हुनेगरी कुटेको हुनाले ‘ज्यान मार्ने उद्योग’ गरेको कसुरमा म्याद लिएर अनुसन्धान भइरहेको एसपी काफ्लेले जानकारी दिए ।

कुटपिटमा संलग्न १ जना फरार छन् । फरार आरोपीलाई प्रहरीले खोजिरहेको छ । घटनाबारे इलाका प्रहरी कार्यालय गढवाले अनुसन्धान गरिरहेको छ । छोरीसँग प्रेम गरेको रिसमा पाटेश्वरले कुटपिट गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको  छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप