चुनावकै दिन विश्वकपको उद्घाटन हुने निश्चित
फिफा विश्वकप फुटबलको उद्घाटन र पहिलो खेल निर्धारित मितिभन्दा एक दिन अगाडि हुने निश्चित भएको छ । विश्वकपको पहिलो दिन नोभेम्बर २० मा कतार र इक्वेडरबीचको खेल हुने फिफाले आधिकारिक रुपमा जानकारी दिएको छ।
यसअघि कतार फुटबलले यसअघि २१ नोभेम्बरमा उद्घाटन र त्यससम्बन्धी खेल हुनेगरी तालिका तय गरेको थियो । उद्घाटनको दिन अन्य खेलहरु पनि हुने तालिका रहेका कारण कतारले २० नोमेम्बरमा खेल गर्ने भएको हो । सामान्यतया प्रतियोगिताको पहिलो खेलको किक अफ हुनुअघि उद्घाटन समारोह गरिन्छ । नोमेम्बर २१ तारिखमा सेनेगल र नेदरल्यान्ड्सबीचको समूह ‘ए’को खेल र समूह ‘बी’को इल्यान्ड र इरानबीचको खेल हुनेछ ।
एक दिन पहिले आयोजना गर्नका लागि फिफाका छ वटा क्षेत्रीय कन्फेडेरेसनका प्रमुख र अध्यक्ष जियानी इन्फान्टिनोले मतदान गर्नुपर्ने थियो । त्यसमा कतारले अनुमती पाएको हो । विश्वकपको पहिलो दिनमा अर्थात मंसिर ४ गते नै नेपालमा आम चुनाव हुँदैछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कुन दलले पाउँछ राष्ट्रियसभा उपाध्यक्ष, कहिले हुन्छ चुनाव ?
-
महतले अघि बढाएका राम्रा काम रोक्दिन : अर्थमन्त्री पुन
-
नेपाललाई हिन्दु राष्ट्र बनाउन भारतले षड्यन्त्र गरेको छैन : अध्यक्ष माधव
-
पत्रकार महिलाको अवसर र चुनौतीको विषयमा छलफल
-
एनआरएनएको निर्वाचनमा अनलाइन भोटिङको युजर नेम र पासवर्ड दुरुपयोग : प्रतिवेदन
-
टी–२० क्रिकेट : तस्बिरमा हेर्नुहोस् आयरल्याण्ड र नेपालबिचको खेल