पाठेघरको क्यान्सर गराउने आरोप लागेको जोनसन एन्ड जोनसनले बेबी पाउडरको बिक्री रोक्ने
जोनसन एन्ड जोनसन (जे एन्ड जे) ले अर्को वर्षदेखि विश्वभर आफ्नो ट्याल्कमा आधारित बेबी पाउडर बनाउन र बेच्न बन्द गर्ने भएको छ । जोनसन एन्ड जोनसनले अमेरिकामा उत्पादनको बिक्री समाप्त गरेको दुई वर्षभन्दा बढी समयपछि यस्तो घोषणा आएको हो ।
जे एन्ड जेमाथि दशौँ हजार महिलाले मुद्दा दर्ता गरेका छन् । यसको ट्याल्कम पाउडरमा एस्बेस्टोस भएको र यसले पाठेघरको क्यान्सर विकास गराउने उनीहरुको आरोप छ । तर कम्पनीले दशकौँको स्वतन्त्र अनुसन्धानले उक्त उत्पादन प्रयोग गर्न सुरक्षित भएको बताउने गरेको छ ।
‘विश्वव्यापी रुपमा दशकौंसम्म स्वतन्त्र रुपमा वैज्ञानिकहरुले गरेको अनुसन्धानले ट्याल्कयुक्त जोनसन बेबी पाउडर प्रयोगका लागि सुरक्षित भएको र यसमा एस्बेस्टोस नभएको तसर्थ यसले क्यान्सरको विकास गराउँदैन भन्ने तथ्यलाई हामी पनि विश्वास गछौँ,’ यसमा भनिएको छ ।
सन् २०२० मा जे एन्ड जेले अमेरिका र क्यानडामा मागमा कमी आएका कारण बेडी पाउडर प्रयोग नगर्ने बताएको थियो । त्यतिबेला कम्पनीले बेलायत र अन्य देशमा आफ्नो उत्पादन बिक्रीका लागि राखिने जानकारीसमेत दिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सडक बालबालिका मुक्त घोषणा गर्नेगरी काम गर्न परिषद्लाई मन्त्री चौधरीको निर्देशन
-
ड्रिम इन्टरनेशनल होटलले सर्वसाधारणमा शेयर जारी गर्दै, बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल
-
बागमतीको प्रमुख सचिवमा कार्कीलाई मुकरर
-
वैशाख १५ गतेदेखि अङ्ग्रेजी भाषा सम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन हुँदै
-
तीन सहसचिव सचिवमा बढुवा
-
शिक्षण संस्थामा गरिएको शुल्क वृद्धि खारेज गर्न अखिल क्रान्तिकारीको माग