शैक्षिक बेरोजगारीलाई अन्त्य गर्न प्रतिबद्ध छौं : प्रधानमन्त्री देउवा

person explore access_timeसाउन २७, २०७९ chat_bubble_outline1
file photo

प्रधानमन्त्री शेरबहादुर देउवाले सरकार शैक्षिक बेरोजगारीलाई अन्त्य गर्न प्रतिबद्ध रहेको बताएका छन् । राष्ट्रिय युवा परिषदद्वारा शुक्रबार काठमाडौंमा आयोजित अन्तर्राष्ट्रिय युवा दिवसको कार्यक्रममा प्रधानमन्त्री देउवाले शैक्षिक बेरोजगारीलाई अन्त्य गर्न सरकार प्रतिबद्ध रहेको बताए । 


उनले भने, ‘देश विकासमा उच्च सहभागिताका लागि युवाहरुलाई आह्वान गर्दैछु । देश विकासमा युवाको भूमिका महत्वपूर्ण छ ।’ अन्तर्राष्ट्रिय युवा दिवसले युवामा भएको क्षमताको उजागर गर्ने प्रधानमन्त्री देउवाले विश्वास व्यक्त गरे । सरकारी तहबाट युवा केन्द्रित कार्ययोजना निर्माण र कार्यसम्पादन गरी युवा परिषदले युवा उद्यमशीलतामा जोड दिनुपर्ने उनको भनाइ छ ।



‘रोजगारी प्रवद्धन, युवा सहभागिता, युवाको नेतृत्व विकासका क्षेत्रमा विभन्न कार्यक्रम ल्याएको छ,’ प्रधानमन्त्री देउवाले भने, ‘उहाँहरुलाई जीवन उपयोगी सिप सिकाउनुपर्छ । अन्तर पुस्ता सिप हस्तान्तरण कार्यक्रमलाई थप अगाडि बढाउनु पर्नेछ।’
 
 



कमेन्ट

  1. Aug. 12, 2022, 3:31 p.m. Raju Karki
    Yuba karyakarktalai hola.
  2.  0 Reply

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

नाम *:
इमेल *:
प्रतिक्रिया *:

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।