बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

पथरी–उर्लाबारी सडक खण्ड : खाल्डाखुल्टी नपुरिँदा दैनिक दुर्घटना

शुक्रबार, २७ साउन २०७९, १३ : ३३
शुक्रबार, २७ साउन २०७९

पूर्व–पश्चिम महेन्द्र राजमार्गको पथरी–उर्लाबारी बीचको सडक खण्डको खाल्डाखुल्टी मर्मत नहुँदा दैनिक दुर्घटना बढ्दै गएको छ । मोरङको उर्लाबारी नगरपालिकामा रहेको पूर्व–पश्चिम महेन्द्र राजमार्गको पथरी–उर्लाबारी बीचको सडक खण्ड ६÷७ महिनादेखि पिच गरिएको ठाउँमा भएका खाल्डाखुल्टी नपुर्दा सवारी र यात्रुहरुले सास्ती व्यहोर्दै आउनुपरेको हो ।

७ महिना अघिदेखि यस्तो समस्या हुँदासम्म सम्बन्धित निकायले चासो नदेखाएको स्थानीयहरुको गुनासो छ । बाटोका खाल्डाखुल्टी कारण यात्रुहरु दैनिक दुर्घटनामा पर्ने गरेका छन् । उक्त खाल्डाखुल्टी दुर्घटनाबाट यातायातहरुमा ठूलो क्षति भएको स्थानीयहरु बताउँछन् ।

यहि बाटो दैनिक हिँड्ने चालकहरू यस क्षेत्रमा डरमा सवारी गुडाउनुपरेको बताउँछन् । उनीहरुले विगत ५ महिना यता सडकको स्थिति दयनीय रहेको बताए । उनीहरुले बाटो मर्मत हुन नसक्दा कुनैपनि बेला दुर्घटना हुने बताए । स्थानीय सरकारले लापरबाही गरेर मर्मतसम्भार नगर्दा सडक दुर्घटनाबाट हरेक दिनजसो दुर्घटना हुने गरेको बताए । उनीहरुले सडक निर्माण गरेको ६ महिना नबित्दै खाल्डाखुल्टी हुने समस्या रहेको बताए ।

उक्त बाटो हुँदै दैनिक प्रदेश सरकारका संसद, मन्त्री र मुख्यमन्त्री हिँड्ने गरेपनि आवश्यक चासो नदिएको स्थानीयहरु बताउँछन् । बाटो भत्किएकै क्षेत्र उर्लाबारी ३ मंगलबारेमा सडक विभागको कार्यालय छ । तर सडकको अवस्था न सांसदले देख्छन् न त सडक विभागले नै हेर्छ । कार्यालय परिसरमा सडक आसपास राखिने ठूलठूला बोर्ड र कार्यालयको अवस्था भने झारै झारले भरिएको र माकुराको जलै जालोले भरिएको छ । कार्यालय नामको मात्रै रहेको स्थानीय बताउँछन् ।

देशकै मुख्य बाटोको हालत यस्तो हुँदासम्म कुनै पक्षबाट चासो दिएको देखिँदैन । दैनिक हजारौंको संख्यामा गाडी गुड्ने बाटोको यो अवस्थाले स्थानीयहरु हरेक दिनजसो सडक दुर्घटनामा हुने गरेको बताउँछन् । यही बाटो भएर धेरै यातायात जिल्लाको सदरमुकाम विराटनगर र देशको संघीय राजधानी काठमाडौ जाने गरेका छन् । यहि बाटोमा ठाउँठाउँमा पटके कर र ट्राफिक  चेकिङ हुन्छ । तर बाटोले भने मर्मतसम्म पाएको छैन । महिनौंदेखि साना सवारी फस्ने खाल्डाखुल्टी हुँदासम्म तीनै तहका सरकार मौन छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप