बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

काँग्रेस प्रवक्ता महतद्वारा नुवाकोटको बाढी–पहिरो ग्रस्त क्षेत्रको निरीक्षण

शुक्रबार, २७ साउन २०७९, १४ : ५७
शुक्रबार, २७ साउन २०७९

नेपाली काँग्रेसका प्रवक्ता डा. प्रकाश शरण महतले नुवाकोट–१ का बाढीपहिरो प्रभावित क्षेत्रको निरीक्षण गरेका छन् । साउन २४ गते राति परेको भीषण  वर्षाले नुवाकोट–१ को तादीखोलामा आएको बाढीले  दुप्चेश्वर ३ राउतबेशी , तादी ४ सातबिसे र पञ्चकन्या ४ थप्रेक जोड्ने पक्की पुल , पञ्चकन्या २ आप्र र तादि ५ बाहुनवेशी जोड्ने पक्कि पुल, पञ्चकन्या १ को सिमारा फाँट र लिखु ३ सुर्यमति र १ ढिकुरे जोड्ने पक्की पुलहरु क्षतिग्रस्त भएका छन् ।

पञ्चकन्या र तादि जोड्ने पुलको क्षति अवलोकन गरेपछि उनले भने, ‘साउन २४ गते राति परेको भीषण वर्षाले नुवाकोट – १ मा अकल्पनीय विनास निम्त्याएको छ । पन्चकन्या र तादी गाउँ पालिका जोड्ने आप्र पूल क्षतिग्रस्त भएको  छ ।’ सडक कार्यालय र स्थानीय तहको समन्वयमा भत्किएको पुलको तुरुन्त पुनर्निर्माण गरी आवागमन सुचारु गर्नुपर्ने महतले बताए । बाढी पहिरो प्रभावित क्षेत्रका लागि थप बजेट उपलब्ध गराउन सरकारसँग  माग गर्ने महतले आश्वासन दिए ।

आफ्नो गृह जिल्लाको प्राकृतिक प्रकोप पीडितलाई भेट्न पुगेका पूर्वमन्त्री डा। महतले, ‘बाढीले सातबिसे र थप्रे जोड्ने तादी खोलामाथिको पुल पनि क्षतिग्रस्त बनाएको छ । आवागमन सहज बनाउन जतिसक्दो छिटो यसको पुनर्निर्माण गर्नुपर्दछ। यसतर्फ सरकार र सम्बन्धित निकायको ध्यानाकर्षण गराउँदछु ।’ पहिरो नथामिएको र सिमसिम पानी परिरहेको बेलामा बाढी पहिरो प्रभावितसँग प्रत्यक्ष भेट्ने, राहत, क्षतिपूर्ति, पुनस्र्थापना तथा पुननिर्माणका बारेमा छलफल गर्ने उद्देश्यले बाढी पहिरोग्रस्त क्षेत्रमा डा.महत पुगेका थिए ।

उनले पहिरोबाट अधिक प्रभावित राउतबेशीको निरीक्षण भ्रमणपछि भने, ‘बाढीपहिरोले दुप्चेश्वर ३ राउतबेशीमा विनासलिला मच्चाएको छ । यो प्राकृतिक प्रकोपबाट पीडित र प्रभावित नागरिकहरुलाई राहत तथा विपद्बबाट भएको क्षतिको क्षतिपूर्ति उपलब्ध गराउन र भत्किएका भौतिक संरचनाहरूको पुनर्निर्माणको लागि शीघ्र कदम चाल्न म नेपाल सरकारसँग माग गर्दछु ।’ महतले बाढीबाट क्षतिग्रस्त तादी खोलामा निर्मित बुद्धभूमि हाइड्रोपावरको पनि निरीक्षण गरेका थिए  । उनले भने, ‘बाँधस्थल,  क्यानल , पावरहाउसमा समेत बाढीले क्षति पुर्याएको छ । अहिले उत्पादन बन्द भएको छ । बाढी पहिरोबाट प्रभावित बिद्धुत आयोजना सुचारु गर्न आवश्यक नीतिगत र अन्य सहयोगको व्यवस्था गर्न म नेपाल सरकारसंग अनुरोध गर्दछु।’

बाढीपहिरो प्रभावित क्षेत्रको स्थलगत निरीक्षण र प्रभावित नागरिकहरुको भेटपछि डा.महतले स्थानीय जनप्रतिनिधिहरुसँँग राहत, पुनस्र्थापना र पुनर्निर्माणको बारे छलफल पनि गरेका थिए । उनले स्थानीय जनप्रतिनिधिहरुलाई पहिले पहिरो र बाढीले पुर्याएको क्षतिको यथार्थ विवरण संकलन गर्न, प्रभावितहरुको सूची तयार पार्न र क्षतिग्रस्त भएका संरचनाहरु मध्ये सानातिना र थोरै रकमले हुने मर्मतसंभार पालिकाको बजेटबाट सम्पन्न गर्न सुझाव दिए । महतले प्राविधिक सहयोग चाहिने र ठूलो रकम चाहिने संरचनाको हकमा प्रदेश सरकार र संघीय सरकारसंग यथोचित बजेट यथाशीघ्र उपलब्ध गराउन आफूले पनि सक्दो सहयोग गर्ने वचन दिएका थिए ।
 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप