बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ

शुक्रबार, २७ साउन २०७९, १५ : २३
शुक्रबार, २७ साउन २०७९

पर्साको वीरगञ्जबाट प्रहरीले पत्नी हत्याको आरोपमा एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा वीरगञ्ज महानगरपालिका–२३ घर भएका दिनेश प्रसाद यादव छन् । २६ वर्षका दिनेशले २३ वर्षीया पत्नी प्रतिमा कुमारी यादवको हत्या गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

शुक्रवार विहान ४ बजे बीरगञ्ज–२३ स्थित ईटियाही टोलमा दिनेशले घाँटी थिचेर पत्नीको हत्या गरेको अनुसन्धानबाट थाहा भएको जिल्ला प्रहरी कार्यालय पर्साका डिएसपी प्रल्हाद कार्कीले बताए । मृतकको शव पोष्टमार्टमका लागी नारायणी अस्पताल वीरगञ्जमा राखिएको छ । घटनाबारे जिल्ला प्रहरी कार्यालय पर्साले अनुसन्धान गरिरहेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप