शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

मधेस प्रदेशसभाको नवौँ अधिवेशन अन्त्य

शुक्रबार, २७ साउन २०७९, १५ : ५०
शुक्रबार, २७ साउन २०७९

मधेस प्रदेशसभाको चालू नवौँ अधिवेशन गएरातिदेखि अन्त्य भएको छ । मधेस प्रदेश सरकारको सिफारिसमा प्रदेश प्रमुख हरिशङ्कर मिश्रले प्रदेशसभाको नवौँ अधिवेशन अन्त्य गरेका हुन् ।  

नेपालको संविधानको धारा १८३ को उपधारा (२) बमोजिम प्रदेश सरकारको सिफारिसमा प्रदेश प्रमुख मिश्रले गएराति १२ बजेदेखि प्रदेशसभाको अधिवेशन अन्त्य गरेको प्रदेशसभा सचिवालयका सचिव रञ्जितकुमार यादवले जानकारी दिए ।  

यही २०७९ जेठ १९ गतेदेखि सुरु भएको प्रदेशसभाको नवौँ अधिवेशनले आर्थिक विनियोजन विधेयकसहित महत्वपूर्ण आठ विधेयक पारित गरेको सचिव यादवले बताए ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप