पूर्वप्रधानमन्त्री कोइरालाको ८३ औँ जन्मजयन्ती मनाइयो
पूर्व प्रधानमन्त्री सुशील कोइरालाको ८३ औं जन्मजयन्ती आज विभिन्न कार्यक्रम आयोजना गरी मनाइएको छ । वि.सं १९९७ साउन २७ गते जन्मनुभएका नेपाली काँग्रेसका पूर्व सभापति एवम् विसं २०७२ को संविधान बनाउन नेतृत्वदायी भूमिका निर्वाह गर्नुभएका कोइरालाले जीवनपर्यन्त प्रजातान्त्रिक सिद्धान्त अनुकूलको आचरण गरे । राजनीतिमा निष्ठा, इमानदारिता र सादगीको शक्ति कति हुन्छ भन्ने कुरालाई स्थापित गर्न उनको योगदान महत्वपूर्ण थियो । स्व.नेता कोइरालाको स्मरणमा आज विभिन्न कार्यक्रम गरिने जनाइएको छ ।
प्रथम जननिर्वाचित प्रधानमन्त्री बीपी कोइरालाबाट प्रभावित भएर राजनीतिमा लागेका उनले सधैँ सत्यको वकालत गर्नाका साथै सादगी जीवनयापन गरे । त्यसैको फलस्वरुप नेपाली जनताको २००७ साल देखिको चाहना बमोजिम संविधानसभाबाट संविधान बनाउने अभिभारा स्व. नेता कोइरालाको कार्यकालमा पूरा भएको थियो । संविधान जारी गर्नुहुन्न भन्ने शक्तिकेन्द्रको तीव्र दबाबका बाबजुद उनको अडानले २०७२ साल असोज ३ गते संविधानसभाबाट संविधान जारी भएको थियो ।
राजनीतिमा निष्ठा, आदर्श र सिद्धान्तको बलले नेता कोइरालाले सफलता पाएका सुशील कोइराला मेमोरियल फाउन्डेसनले आज जारी गरेको विज्ञप्तिमा उल्लेख छ । फाउन्डेसनका अध्यक्ष एवं काँग्रेसका पूर्वमहामन्त्री डा.शशाङ्क कोइराला र सदस्यसचिव अतुल कोइरालाले आज जारी गर्नुभएको वक्तव्यमा आजको युगमा कोइरालाजस्ता इमानदारी र नैतिकतामा अडिग नेतृत्वको आवश्यकता रहेको उल्लेख छ ।
सरकारको नेतृत्वमा पुगेर पनि वेदाग फिर्ता हुन सक्नुले नेतृत्वगणलाई स्व.नेता कोइरालाबाट शिक्षा मिल्ने वक्तव्यमा उल्लेख छ । कोइरालाले जीवनमा पुर्याउनुभएको योगदानको सम्झनामा फाउन्डेसनले विभिन्न कार्यक्रम गर्दै आएको छ । फाउन्डेसनको संरक्षकमा प्रधानमन्त्री शेरबहादुर देउवा रहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपाल–चीन सहायता परियोजनाको पहिलो बैठक सम्पन्न
-
विश्वभर किन बढ्दै छन् प्रोस्टेट क्यान्सरका बिरामी ?
-
इटालीका राष्ट्रपति माटारेलासमक्ष ओहोदाको प्रमाणपत्र प्रस्तुत
-
फेरि धरमरायो प्रचण्ड सरकार, गठबन्धन टिक्नेमा सत्ताधारी दलहरूलाई नै शङ्का
-
यस्तो छ आजको तरकारी तथा फलफूलको मूल्यसूची
-
श्रम तथा उपभोक्ता हित समितिको बैठक बस्दै