बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

लागुऔषधसहित २ युवक पक्राउ

शुक्रबार, २७ साउन २०७९, १७ : ०९
शुक्रबार, २७ साउन २०७९

जिल्ला प्रहरी कार्यालय उदयपुरले दुई युवकलाई लागुऔषधसहित पक्राउ गरेको छ । उदयपुरको त्रियुगा नगरपालिका– ६ जलजलेमा चेक गर्ने क्रममा आगुऔषधसहित दुई जना युवक पक्राउ परेको जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रमुख प्रहरी उपरीक्षक ज्ञानेन्द्रप्रसाद फुयाँलले जानकारी दिए ।

 चेकिङमा खटिएको ईलाका प्रहरी कार्यालय जलजलेको टोलीले त्रियुगा नगरपालिका–६ का २७ वर्षीय संगीत तामाङ र २५ वर्षीय आमोद महतोलाई आगुऔषधसहित पक्राउ गरेको हो । उनीहरूको साथबाट डाईजेपाम ५१ एम्पुल ,फेनारागण ५१ एम्पुल बुप्रिनोर्फीन ५१ एम्पुल गरी जम्मा १५३ एम्पुल लागुऔषध र ७ थान सिरिन्जसहित दुवै जनालाई नियन्त्रणमा लिई उदयपुर जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान थालेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप