शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

काँग्रेसले बोलायो कार्यसम्पादन समिति बैठक, सिट बाँडफाँटमा पार्टीको धारणा स्पष्ट गरिने

शुक्रबार, २७ साउन २०७९, १७ : १२
शुक्रबार, २७ साउन २०७९

नेपाली काँग्रेसले शनिबार केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाइको छ । शनिबार बिहान ९ बजेका लागि बैठक तय भएको नेता विमलेन्द्र निधिले जानकारी दिए । 

बैठकमा सत्ता गठबन्धनभित्र चुनावी तालमेल तथा भागबण्डाका लागि बनाइएको कार्यदलमा पार्टीको अडान र दृष्टिकोणका विषयमा स्पष्ट पार्न छलफल हुने उनको भनाइ छ । काँग्रेसले सत्ता गठबन्धनबीच तालमेल हुँदा १०० सिट पाउनुपर्ने अडान लिँदै आएको छ । तर, गठबन्धनभित्र दलहरुले आफ्नो तर्फबाट दाबी प्रस्तुत गर्दैगर्दा काँग्रेसको आधिकारिक अडान र दृष्टिकोणका विषयमा थप स्पष्ट गरिने उनको भनाइ छ ।

कार्यदलको बैठकमा पार्टीको हाल संसदमा कायम रहेको शक्ति, स्थानीय निर्वाचनमा प्राप्त गरेको मत तथा वर्तमान परिस्थितिको आधारमा सिट बाँडफाँट गर्ने सैद्धान्तिक सहमति भएको छ । यहीबीच काँग्रेसले यसबारे थप स्पष्ट पारेर जाने नेताहरुको भनाइ छ। यस्तै बैठकमा चुनावी अभियान सञ्चालनका सन्दर्भमा पनि निर्णय लिइने छ।  यसअघि भदौ २ देखि सुरु गर्ने भनिएको अभियान ७ गतेदेखि २४ गतेसम्म गर्न शीर्ष तहमा सहमति भएको छ । सो सहमतिलाई कार्य सम्पादन समितिले अनुमोदन गर्ने बताइएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप