पाल्पामा एक पुरुष मृत भेटिए
शुक्रबार, २७ साउन २०७९, १७ : ४८
पाल्पाको रामपुर नगरपालिका–५, मटेरीमा एक पुरुष मृत फेला परेका छन् । प्रहरीकाअनुसार मृत फेला पर्नेमा ५५ वर्षीय मनबहादुर विक रहेका छन् । घरदेखि २ सय ५० मिटर टाढा ठूलो आँप भन्ने स्थानमा भित्री कच्ची सडक छेउमा शुक्रबार दिउँसो विक मृत भेटिएका हुन् ।
बिहान खाना खाएर घरबाट हिँडेका उनलाई स्थानीयले सडक छेउमा मृत अवस्थामा देखेपछि प्रहरीलाई खबर गरेका थिए । मिर्गौलाको समस्याबाट गुज्रिँदै आएका उनको तीनपटक शल्यक्रिया गरेको परिवारले जनाएको छ । उनको मृत्युबारे अनुसन्धान थालिएको प्रहरीको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बागमतीको समृद्धि : उत्पादन र रोजगारीमा वृद्धि
-
उपनिर्वाचनमा आजदेखि प्रचारप्रसार गर्न नपाइने
-
आज यी चार प्रदेशमा चट्याङ्गसहित हल्का वर्षा, लुम्बिनी प्रदेशमा हावाहुरीको सम्भावना
-
यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर
-
महोत्तरीको मटिहानीमा ६ घण्टापछि आगो नियन्त्रणमा
-
हमासद्वारा इजरायली–अमेरिकी बन्धकको नयाँ भिडियो सार्वजनिक