बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

भदौमा ५० जिल्लाका बालबालिकालाई कोभिड–१९ विरुद्धको खोप दिइँदै

शुक्रबार, २७ साउन २०७९, १७ : ५०
शुक्रबार, २७ साउन २०७९

कोरोनाभाइरस कोभिड–१९ विरुद्धको खोप ५० जिल्लाका ५ देखि १२ सम्मका बालबालिकालाई लगाइने भएको छ । सो  उमेर समूहका बालबालिकालाई कोरोनाविरुद्धको फाइजर खोप भदौ ५ देखि ११ गतेसम्म पहिलो मात्रा खोप दिइने स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको हो ।

खोप प्रदेश १ का भोजपुर, धनकुटा, खोटाङ, ओखलढुंगा, पाँचथर, संखुवासभा, सोलुखुम्बु, ताप्लेजुङ, तेह्रथुम, उदयपुर जिल्लामा दिइने छ । यस्तै, मधेश प्रदेशका बारा, रौतहट, सर्लाही जिल्लाका बालबालिकालाई खोप दिइनेछ । बागमती प्रदेशका बाग्लुङ, गोरखा, लमजुङ, मनाङ, मुस्ताङ, म्यादी, पर्वत, स्याङ्जा, तनहुँका बालबालिकालाई उक्त खोप दिइनेछ ।

लुम्बिनी प्रदेशमा कपिलबस्तु, अर्घाखाँची, गुल्मी पाल्पा, प्युठान, रोल्पा, पूर्वी रुकुम जिल्लामा खोप अभियान सञ्चालन हुनेछ । कर्णाली प्रदेशका पश्चिमी रुकुम, सल्यान, डोल्पा, हुम्ला, जुम्ला, कालिकोट, मुगु, दैलेख र जाजरकोट जिल्ला र सुदूरपश्चिम प्रदेशमा अछाम, डोटी, बझाङ, बाजुरा, बैतडी र दार्चुला जिल्लामा दोस्रो चरणको खोप अभियान सञ्चालन हुने मन्त्रालयले जनाएको छ । यी जिल्लामा दोस्रो मात्रा भाद्र २७ देखि असोज १ सम्म दिइने भएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप