शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

रातोपाटी ब्रिफिङ : यस्ता छन् आजका ‘टप टेन’ समाचार

शुक्रबार, २७ साउन २०७९, १९ : ३३
शुक्रबार, २७ साउन २०७९

आज मिति २०७९ साल साउन महिनाको २७ गते शुक्रबार । आज गाईजात्रा र जनैपूर्णिमा विभिन्न कार्यक्रम गरी मनाइएको छ । आजकै दिन भएका अन्य मुख्यमुख्य घटनाक्रमलाई रातोपाटीको रात्रीकालीन प्रस्तुती ‘रातोपाटी ब्रिफिङ’ मा प्रस्तुत गरिएको छ–

१. गाईजात्रा र जनैपूर्णिमा मनाइयो

शुक्रबार परम्परागत सांस्कृतिक पर्व गाईजात्रा मनाइएको छ । प्रत्येक वर्ष भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म आठ दिन मनाइने यो पर्व मनाइन्छ । काठमाडौं उपत्यकामा आफ्ना मृत पितृको सम्झनामा गाई वा मानिसलाई गाईका रूपमा सिँगारी परिक्रमा गराउने गरिन्छ । अन्न र द्रव्य दान गरिन्छ । आजकै दिन रक्षा बन्धन अर्थात जनैपूर्णिमा पनि मनाइयो ।​

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल  ‘प्रचण्ड’ ले मधेस प्रदेशको देखिएको गुटबन्दी मत्थर पार्न पहल थालेका छन् । मधेसबाट प्रतिनिधित्व गर्ने दुई हस्ती नेता गिरिराजमणि पोखरेल र मातृका यादव बीचको अन्तर द्वन्द्वका कारण समग्र मधेसमै पार्टीलाई धक्का लागेको निष्कर्षका साथ प्रचण्डले पहल थालेका हुन् । सोहीअनुसार प्रचण्डले दुई नेतालाई खुमलटारमा बोलाएर  प्रदेश र संघीय चुनावमा पार्टीलाई एकढिक्का बनाउन निर्देशन दिएका छन् ।​

नेपालमा हाल सरुवाजन्य रोगको संक्रमण बढेको छ । सरुवारोग विशेषज्ञहरुका अनुसार थरीथरीका सरुवाजन्य रोग धमाधम एकै समयमा देखिएको छ । विगत दुई महिनाको अवधिमा किटजन्य रोग डेंगु, स्क्रबटाइफस र कोभिड–१९ का बिरामी बढेका छन् । यस्तै, मङ्कीपक्सको प्रकोपलाई विश्व स्वास्थ्य संगठनले आपतकालीन घोषणा गरेको छ भने र छिमेकी राष्ट्र भारतमा यस रोगको संक्रमण देखिएकाले नेपालमा पनि यसको जोखिमसँगै त्रास बढेको छ । सरुवारोग विशेषज्ञ शेरबहादुर पुन भन्छन्, ‘पछिल्ला दिनहरुमा सरुवा रोगहरुको ओभरल्यापिङ भइरहेको छ ।’​

​५. शेखर समूहको बैठक

काँग्रेस सभापति शेरबहादुर देउवाले आफूहरुलाई पेलेको तथा पार्टीभित्र कुनै सरसल्लाह नगरिकनै अघि बढेको भन्दै शेखर कोइराला समूह असन्तुष्ट बनेको छ । सो समूहले देउवाले हरेक निर्णय आफूखुसी गरेको आरोप लगाएको छ । यसविरुद्ध आफ्नो समूहको रणनीति बनाउन नेता कोइरालाले शनिबारका लागि आफूपक्षीय बैठक बोलाएका छन् ।​

बिहीबार कर्णाली प्रदेश सरकारको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रीमा नियुक्त भएका वीरबहादुर शाहीको शपथ रोकिएको छ । उच्च अदालत सुर्खेतले मन्त्रिपरिषद पुनर्गठन गर्दा समावेशी सिद्धान्तलाई ध्यान नपुर्‍याएको भन्दै पत्र लेखेपछि शपथ रोकिएको हो । यसअघि मन्त्री रहेका गैरसांसद कार्चेन लामाको ६ महिने कार्यकाल सकिएसँगै डोल्पाबाट निर्वाचित सांसद वीरबहादुर शाहीलाई मन्त्री बनाउन माओवादी केन्द्रले सिफारिस गरेको थियो।​

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप