शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

कर्णाली प्रदेश प्रमुखद्वारा चार विधेयक प्रमाणीकरण

शुक्रबार, २७ साउन २०७९, २२ : ४९
शुक्रबार, २७ साउन २०७९

कर्णाली प्रदेश प्रमुख तिलक परियारले चारवटा विधेयक प्रमाणीकरण गरेका छन् । कर्णाली प्रदेश सचिवालयले आज एक सूचना टाँस गर्दै प्रदेशसभाबाट विभिन्न मितिमा पारित भएका चार विधेयक प्रदेश प्रमुखले प्रमाणीकरण गर्नुभएको जनाएको छ । 

‘प्रदेशसभा सचिवालयसम्बन्धी (पहिलो संशोधन) ऐन, २०७९,’ ‘मुख्य न्यायाधिवक्ताको काम, कर्तव्य र अधिकार तथा सेवा सर्तसम्बन्धी (पहिलो संशोधन) ऐन, २०७९’ प्रमाणीकरण गरिएको प्रदेशसभा सचिव जीवराज बुढाथोकीले जानकारी दिए ।

त्यस्तै ‘प्रदेश लोकसेवा आयोगको पदाधिकारीको पारिश्रमिक, सेवाका सर्त तथा सुविधासम्बन्धी ऐन, २०७९’ र ‘प्रदेश लोकसेवा आयोग (दोस्रो संशोधन ऐन), २०७९’ प्रमाणीकरण गरिएको उनले बताए । तीसँगै कर्णालीमा प्रमाणीकरण भएका विधेयकको सङ्ख्या ४० पुगेको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप