बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

'प्लेयर अफ दि इयर' को मनोनयन सार्वजनिक, मेस्सी र रोनाल्डो शीर्ष १५ मा परेनन्

शनिबार, २८ साउन २०७९, ०६ : ११
शनिबार, २८ साउन २०७९

यूईएफए च्याम्पियन्स लिग फुटबलको प्लेयर अफ दि इयरको मनोनयन सार्वजनिक भएको छ । युरोपियन फुटबलको सर्वोच्च निकाय यूईएफएले शुक्रबार मनोनयन सार्वजनिक गरेको हो ।

पुरुषको प्लेयर अफ दि इयर मनोनयन तर्फको शीर्ष तीनमा रियल मड्रिडका करिम बेन्जिमा, म्यानचेस्टर सिटीका केभिन डे ब्रुएना र रियलकै थिवाउट कोर्टुवा रहेका छन् । चर्चित खेलाडी लियोनल मेस्सी र क्रिस्टियानो रोनाल्डो मनोनयन सूचीको शीर्ष १५ मा अटाएका छैनन् ।

शीर्ष १५ मा रोबर्टो लेवान्डोस्की, लुका मोड्रिच, साडियो माने, मोहमद सलाह, केलियन एमबाप्पे, भिनिसियस जुनियर, भिर्गिल भान डाइक, बेर्नार्डो सिल्भा, फिलिप कोस्टिक, लोरेन्जो पेल्लिग्रेनी, ट्रेण्ड आर्नोल्ड र फाबिन्हो  रहेका छन् ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप