शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

कविता : बुबाको सम्झना

शनिबार, २८ साउन २०७९, ०६ : ४५
शनिबार, २८ साउन २०७९

केही घाउ आलो नै ठीक हुन्छ शायद
याद दिलाउँछ त्यो समयको 
जसले फरक पर्दछ जिन्दगीमा 
जसले महत्व राख्छ हर खुशीमा ।

म पनि प्रतिबिम्ब हुँ त्यही रुपको शायद  
सबैलाई त्यही झझल्को दिलाउने
जिन्दगीको हरेक मोडहरुमा 
सम्झना बनी साथ रहिरहने ।

त्यो माया, आशिर्वाद अनि गाली 
सबै याद आउँछ मनभरि 
कहिलेकाहीँ त भक्कानो फुट्छ 
तर व्यक्त गर्नै नसक्ने गरी ।

बुवा हुनुको अर्थ बुझ्दैछु भर्खर 
त्यो  मायाको मर्म जान्दैछु हरपल 
मेरा खुशीमा हुने अभाव त्यो साथको 
आशीर्वादबाटै पूरा गर्नुछ शायद ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप