मङ्गलबार, ११ वैशाख २०८१
ताजा लोकप्रिय

नेपालबाट १ अर्ब ८३ करोडको पास्ता निर्यात

शनिबार, २८ साउन २०७९, १२ : ०४
शनिबार, २८ साउन २०७९

गत आर्थिक वर्षमा नेपालबाट १ अर्ब ८३ करोड १७ लाख रुपैयाँ बराबरको पास्ता निर्यात भएको छ । भन्सार विभागले सार्वजनिक गरेको तथ्यांकअनुसार गत आर्थिक वर्ष २०७८/७९ मा उक्त मूल्यको पास्ता निर्यात भएको हो ।

उक्त अवधिमा सो मूल्य बराबरको ९६ लाख किलो पास्ता निर्यात भएको विभागले जनाएको छ । त्यस अवधिमा नेपालबाट भारत, अष्ट्रेलिया, अमेरिका र यूरोप लगायतका मुलुकमा पास्ता निर्यात भएको छ ।

उक्त अवधिमा भारतमा १ अर्ब ३४ करोड ८६ लाख रुपैयाँको पास्ता निर्यात भएको छ । यसैगरी, हङकङ, डेनमार्क, इटाली, जापान, बेलायत लगायतका मुलुकमा पनि पास्ता निर्यात हुने गरेको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप