शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

रुस्दीको अवस्था नाजुक,  एउटा आँखा गुम्ने खतरा

शनिबार, २८ साउन २०७९, १२ : १५
शनिबार, २८ साउन २०७९

घातक हमलापछि चर्चित लेखक सलमान रुस्दीको अवस्था नाजुक रहेको छ । उनी भेन्टिलेटरमा छन् र उनको एउटा आँखा गुम्ने खतरा रहेको बीबीसीले उल्लेख गरेको छ  । 

अमेरिकाको न्युयोर्कमा शुक्रबार बेलायती लेखकमाथि चक्कु प्रहार भएको थियो । न्यूयोर्कको चौताउवा इन्स्टिच्युटमा आयोजित एक कार्यक्रममा बोल्न जाँदै गर्दा उनीमाथि आक्रमण भएको थियो । आक्रमणका कारण सलमान रुस्दीको कलेजोमा क्षति पुगेको छ ।

सलमान रुस्दीका एजेन्ट एन्ड्रयू वाइलीले सलमान रुस्दीको स्वास्थ्य अवस्था गम्भीर रहेको बताए । वाइलीले भने, 'सलमानको आँखा पनि गुमेको आशङ्का गरिएको छ, उनको हातमा केही नसा काटिएको छ र उनको कलेजोमा पनि छुरा प्रहार गरिएको छ।'

उनले अहिले भेन्टिलेटरमा रहेको र बोल्न नसक्ने अवस्थामा रहेको बताए । उनले बीबीसीसँग सम्बद्ध च्यानल सीबीएस न्यूजसँग कुराकानी गर्दै  सलमानको शल्यक्रिया गरिएको जानकारी दिए ।

अनलाइन पोस्ट गरिएको भिडियोमा घटना लगत्तै त्यहाँ उपस्थित मानिसहरू स्टेजमा दौडिरहेको देखिन्छ। त्यसपछि घटनास्थलमा उपस्थित मानिसहरूले आक्रमणकारीलाई घटनास्थलमै पक्रेका थिए। न्यूयोर्क प्रहरीले आक्रमणकारी २४ वर्षीय हादी मातारको रूपमा पहिचान गरेको छ, उनलाई हिरासतमा लिइएको छ। आक्रमणकारी न्यू जर्सीका हुन् । आक्रमणको कारण के थियो भन्ने बारे अहिलेसम्म स्पष्ट जानकारी आएको छैन ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप