शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

‘कच्चा बदाम’ गर्ल विवादमा

शनिबार, २८ साउन २०७९, १३ : ४८
शनिबार, २८ साउन २०७९

सोसल मिडिया इन्फ्लुएन्सर अञ्जली अरोराको भएको दाबी गर्दै अहिले सामाजिक सञ्जालमा एउटा एमएमएस निकै भाइरल भइरहेको छ । अञ्जलीले यसबारे प्रतिक्रिया दिएकी छिन् । आफ्नो प्रतिक्रियामा उनले भनेकी छन्, ‘यस्ता भिडियो भाइरल गरेर मलाई बदनाम गर्ने प्रयास भइरहेको छ ।’

एक अन्तर्वार्तामा कुरा गर्दै उनले भनिन्, ‘ठीक छ, तिमी कसैलाई बदनाम गर्न चाहन्छौँ । भनिन्छ कि जब कसैको बराबरी गर्न नसकेपछि उसलाई बदनाम गर्न थाल्छ, त्यही भइरहेको छ । थाहा छैन यी मान्छेहरु के गर्न चाहन्छन् । मेरो नाम र फोटो राखेर भन्छन् यिनी अञ्जली हो भन्छन्, मलाई थाहा छैन किन यस्तो गर्दैछन् ।’

‘उसको पनि परिवार छ तर सबै भिडियो हेर्ने मेरो पनि परिवार छ भनेर ती मानिसहरूले सोच्दैनन्। यी सबै देख्दा मलाई लाग्छ किन यी मानिसहरूले यसो गरिरहेका छन्। जुन भिडियोमा म छैन, भ्यूज प्राप्त गर्नलाई किन यति धेरै फैलाइरहनुभएको छ ?,’ उनले भनेकी छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप